बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) भित्र बनेका सार्वजनिक संरचनाहरुको ७ दिनभित्र नक्सा पास नगरे सम्पूर्ण संरचना भत्काउने चेतावनी जीतपुर सिमरा उपमहानगरले दिएको छ ।
उपमहानगरले बिहिबार लिखित पत्र पठाएर सेजभित्र बनेका सार्वजनिक संरचनाहरुको नक्सा पास नगरे ५ लाख जरिवानासहित भवन भत्काउने चेतावनी दिएको हो ।
‘उद्योगहरुको नक्सा पास भएरनभएको प्रमाणसहित यो चिठी प्राप्त भएको मितिले ७ दिनभित्र उपस्थित हुन अनुरोध छ, अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (३९) को उपदफा ५ बमोजिम ५ लाखसम्म जरिवाना र भवन भत्काउनेसम्मको कारबाही गरिने जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ ।