महेन्द्रनगर । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थित पुर्ब पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१-००९ प १२०७ नम्बरको मोटरसाईकललाई आइतवार बिहान ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान) र १३ वर्षका बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन् । बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।