बारा । बाराको निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१ प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।