महोत्तरी । महोत्तरीमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । जिल्लाको सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरी टोलीले मुचुल्का गरी मृत शिशुको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ । नवजात शिशु कसले फालेको खुलिसकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।