महोत्तरी । महोत्तरी प्रहरीले क्रुर यातना दिई हत्या गरेको आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा बस्ने ४२ वर्षीय प्यारे भन्ने शेष जसाउदिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
२०७९ साल पुस ६ गते अब्दुस सलामको पसलमा काम गर्न राखेका स्थानीय मो। खुर्सेद अन्सारीलाई गालीगलौज गर्दै ज्यानै मार्ने नियतले क्रुर यातना दिँदा मृत्यु भएको थियो ।
सो घटनामा संलग्न रही फरार रहेकोमा मंगलबार दिउँसो सम्सी ६ बजार स्थितमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जलाउदिनलाई इलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।