काठमाडौं । सर्लाही, मलंगवा नगरपालिका-९ पिपलबोटस्थित खेतमा सोही ठाउँ बस्ने ३० वर्षीय सहमत साफी बिहीबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीले बताए अनुसार धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ स्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।