काठमाडौं ।
काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित सुनसरी धरान उपमहानगरपालिका-४ घर भएकी ४३ वर्षीया विनिता गिरीको भाडामा लिएको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा गिरीसहित १० जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा गिरीसहित १० जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु