मकवानपुर । भिमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् । प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
मकवानपुरमा ४५ किलो चरेससहित ३ जना पक्राउ
मकवानपुरमा ४५ किलो चरेससहित ३ जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु