रोल्पा । माडी गाउँपालिका-५ चरीकोट बस्ने ७५ वर्षीया हरिकला घर्तीको घरमा मंगलबार दिउँसो आगलागी हुँदा सोही आगलागीमा जलेर घर्तीको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
रोल्पामा आगलागीमा जलेर एकको मृत्यु, ८ लाख बराबरको क्षति
रोल्पामा आगलागीमा जलेर एकको मृत्यु, ८ लाख बराबरको क्षति

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु