सिन्धुली । आफ्नै श्रीमती ३५ वर्षीया चेत कुमारी बिकको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-१४ ज्यामिटार बस्ने ३५ वर्षीय बुद्ध बहादुर बिकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुर्सार सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा बुद्धले कोदालो प्रहार गर्दा चेत कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बताएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु