काठमाडौं ।
कास्की, पोखरा महानगरपालिका-३२ गढिघाटस्थित सेती नदीमा सोही महानगरपालिका-३१ तावाको मुख बस्ने ५५ वर्षीय तेजराज ओझा बिहीबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार रूपन्देही, सियारी गाउँपालिका-१ कुञ्जवनस्थित गोठमा तिलोत्तमा नगरपालिका-१४ बस्ने ४१ वर्षीय राजाराम कुर्मी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै गरेर झापा, मेचीनगर नगरपालिका-१३ अठार कठ्ठेस्थित बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।