एजेन्सी । सनातन धर्ममा शिवरात्रीको विशेष महत्व रहेको छ । शिवरात्रिको पर्व भगवान शिवको आराधनाका लागि उत्तम मानिन्छ । यो पर्व प्रत्येक वर्ष फाल्गुन कृष्ण पक्षको चतुर्दशीका दिन मनाइन्छ । यस पटक भोलि यो पर्व मनाइँदैछ ।
यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन् । पौराणिक मान्यता अनुसार यस दिन भगवान शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । महाशिवरात्रिको दिन रात्रि जागरको विशेष महत्व रहेको छ ।
रातमा गर्नुहोस् ध्यान, तपस्या र शिव साधना
धार्मिक मान्यता अनुसार यस दिन रातभर जाग्राम बसेर शिव तथा शक्तिमाता पार्वतीको पूजा–आराधना गर्नाले भक्तजनले शिव र माता पार्वतीको विशेष कृपा प्राप्त गर्ने गर्दछन् । महाशिवरात्रिको रात्रि जागरले जीवनका सबै कष्टहरू हट्छन् । त्यसैले महाशिवरात्रिको रात सुत्नु हुँदैन ।
यस रातमा आध्यात्मिक शक्तिहरू जागृत हुन्छन् । त्यसैले यो रातलाई ध्यान, तपस्या र शिव साधनाका लागि प्रयोग गर्नुपर्ने शास्त्रमा उल्लेख छ । महाशिवरात्रिमा शिव साधना गर्नाले जीवनको सबै प्रकारको तनाव हटेर सकारात्मक परिणाम आउन थाल्छ ।
महाशिवरात्रिमा रात्रि जागरको विशेष महत्व
महाशिवरात्रिको रात्रि जागरको विशेष महत्व रहेको छ । रात अन्धकारको प्रतीक हो । यदि हामीले शिवत्व प्राप्त गर्न चाहन्छौं भने हामीमा रहेको काम, क्रोध, अभिमान, लोभ र आसक्ति जस्ता अन्धकारलाई हटाउनु पर्छ ।
हामी अन्धविश्वास, पाखण्ड, दुष्ट र खराब प्रवृत्तिबाट सचेत हुनुपर्छ । यस राती जागर राख्दा पञ्चाक्षर मन्त्र ओम नमः शिवाय वा भगवान शिवसँग सम्बन्धित श्लोकको जप गरी भक्तिमा मग्न रहनुपर्छ ।
महाशिवरात्रि गर्नुहोस् संकल्प
जीवनलाई शिवमय बनाउन शिव संकल्प लिनुपर्छ । यो संकल्पका साथ महाशिवरात्रि मनाउँदा हाम्रो जीवनमा हिंसा, बदला, क्रोध, घृणा, स्वार्थ, विश्वासघात, कठोरता र दुष्टता कहिल्यै आउँदैन ।
शिव हाम्रो मन, प्राण र आत्माको शक्ति, साधन र सहारा बनोस्, यस्तो संकल्प लिएर आफूलाई जागृत राखौं । शिवसंकल्पले हाम्रो प्रकृति र जीवनधर्मलाई ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने सोचका साथ महाशिवरात्रि पर्व मनाउनुपर्छ ।