काठमाडौं ।
तनहुँ, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रेम बहादुर पक्राउ
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रेम बहादुर पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु