काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक २१ सयको विन्दुमा उक्लिएको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको सेयर बजारमा आज उछाल आएको हो ।
आज नेप्से परिसूचक ५८ दशमलव ५८ अंकले बढेर २१११ दशमलव २४ को विन्दुमा पुगेको छ । आज ३०५ कम्पनीका ८२ हजार ७ सय ४६ पटकको कारोबारमा १ करोड ६० लाख ९ हजार ५ सय ९७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर ३७५ दशमलव १३ को विन्दुमा पुगेको छ ।
आज हाइड्रोपावर कम्पनीहरूको ३३ लाख ६४ हजार ७ सय २५ कित्ता सेयर खरिद बिक्रीमा १ अर्ब ६१ करोड ९५ लाख ९ हजार १ सय ४१ रुपैयाँको कारोबार भएको छ। यो आज भएको कारोबार मध्ये सबैभन्दा बढी कारोबार गर्ने क्षेत्र हो । भने, सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।