काठमाडौँ । आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख २५ हजार ४ सयमा रहेको सुन १ लाख २५ हजार रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपनि नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १५१५ रुपैयाँमा कारोबार भएको थियो ।
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु