पर्सा । वीरगंज महानगपालिका-१६ बाट स्रोत नखुलेको नगद ६ लाख ७६ हजार नेपाली रूपैयाँ र २८ हजार भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-६ घर भएका ५० वर्षीय रामबाबु साह कलवारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
पर्सामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
पर्सामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु