काठमाडौं । सबैला नगरपालिका-८ ठिल्लास्थित सडकमा ज.९ प १४४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ भठियन बस्ने ६० वर्षीया सोनाघारी कापरको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार,सम्सी गाउँपालिका-६ चाँदनीस्थित सडकमा साइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा साइकल चालक भारत सितामढी भेडियाही ग्राम पञ्चायत-७ भगवतिपुर बस्ने २० वर्षीय मो।साहिदको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।