सिरहा । लहान नगरपालिका-१ गोलचक्करस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँसहित लक्ष्मिपुर पतारी गाउँपालिका-६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२-०१-००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी पठाइएको बताइएको छ ।
सिरहामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
सिरहामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु