काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३६ वर्षीया आशा चौधरी लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार उच्च अदालत पाटन ललितपुरबाट २०७६ माघ ७ गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, ३ लाख रूपैयाँ बिगो बमोजिम जरीवाना र क्षतिपुर्ती बापत पिडीत राहत कोषमा १२ हजार रूपैयाँ जम्मा गराउने फैसला भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट पक्राउ गरेको छ । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको बताइएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया