सुनसरी । बराहक्षेत्र नगरपालिका-१ भलायोटार घर भई सोही ठाउँ कोशी पुलस्थित न्यू सप्तकोशी खाजा घर होटल व्यवसाय गर्दै आएका जल तथा मौसम विभाग समेतमा करारमा कार्यरत ४३ वर्षीय मिथीलेस साहको होटलमा विद्युत सर्ट भई मगलबारराति आगलागी हुँदा होटलभित्र रहेको फ्रिज १ थान, काठको र्याक १ थान, साउण्ड सिस्टम १ थान लगायतका सामान जलेर करिब १ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आगलागीबाट उक्त होटलको कोठाभित्र राखिएको जल तथा मौसम विभागको कोशीको पानीको बहाव नाप्ने मेशिन १ थान र मोटर १ थान समेत जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।