सिरहा । सिरहा नगरपालिका-२ यादव टोलबाट कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीय बिजय यादव र उनकै छोरा १९ वर्षीय राजा यादव रहेका छन् । घरायसी बादबिवाद भई उनीहरूबीच झै-झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा उक्त पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सिरहामा एक थान कटुवा पेस्तोलसहित २ जना पक्राउ
सिरहामा एक थान कटुवा पेस्तोलसहित २ जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु