कैलाली । धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने २७ वर्षीय ओम प्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायत समेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ५ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
कैलालीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
कैलालीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु