बाँके । सुन्दरहरैचा नगरपलिका-१० बाघझोडास्थित सडकमा को।१ ख ५७३६ नम्बरको टिपरले को२७ प २५३६ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिदाँ मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-९ बनोल बस्ने ३२ वर्षीय प्रेम खवासको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरीका अनुसार गढी गाउँपालिका-२ झोडा पिपल चोकस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७३ वर्षीया भुलकुन देवी यादवको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धआन गरिरहेको बताइएको छ ।