काठमाडौं । १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
त्यस्तै गरेर १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० करमोहनी बस्ने २१ वर्षीय सुमन प्रसाद कुवरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुमनले ती किशोरीलाई गत माघ १ गते ललाइ फकाइ बिवाह गर्छु भनि प्रलोभनमा पारि जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।