काठमाडौं । लोकसेवा आयोग काठमाडौं कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज राजपत्राङ्कित अ.नं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो ।
२०८० फागुन २६ गते आयोगको काठमाडौं र हेटौडा कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा १७ हजार २ सय ८ जना उम्मेदवारहरु सम्मिलित मध्ये ४ हजार ४ सय ५५ जना छनोट भएका छन् । यसपटक २५.८९ प्रतिशत पास हुन सफल भएका छन् ।