स्याङ्जा । वालिङ नगरपालिका-१३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७ नम्बरको बसबाट खसेर सर्लाही मलंगवा नगरपालिका-६ घर भई स्याङ्जा गल्याङ नगरपालिका-१ खहरे बस्ने २० वर्षीय अमित साहको सोमबार बिहान मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार बसबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
बसको ढोकाबाट खसेर एकको मृत्यु
बसको ढोकाबाट खसेर एकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु