दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका ८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गौरीशंकर गाउँपालिका ८ खारेका अन्दाजी २५ वर्षिय सिमबहादुर तमाङ र सोही स्थानका २७ वर्षिय जयबहादुर तमाङ बेपत्ता भएका हुन् ।
शुक्रबार दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन भनि हिँडेका दुई जना बेपत्ता भएको र अझै फेला पार्न नसकिएको परिवारले बताएका छन् ।
बेपत्ता भएकाहरुको स्थानीयले खोजी कार्य जारी राखेका छन् । बेपत्ताको खोजीका लागि प्रहरी पनि घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।