काठमाडौं । काठमाडौं महानगरपालिका-३ नारायण गोपाल चोकबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौं बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार उक्त स्थानमा खटिएको प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु