काठमाडौं । बकैया गाउँपालिका-६ टिकुलेटोल बस्ने चौरे स्याङतानको छोरा ६ वर्षीय संदिप स्याङतानको सोही ठाउँस्थित बकैया खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिनाउ गाउँपालिका-१ र रैनादेवी छहरा गाउँपालिका-६ को सिमानामा रहेको बिउरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तिनाउ गाउँपालिका-१ ठुली उदाङ बस्ने १९ वर्षीया सपना सोमरेको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।