तेह्रथुम । लालीगुराँस नगरपालिका-५ दागपा बस्ने कालु बहादुर लिम्बुको छोरा ८ वर्षीय सुदिप लिम्बुको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्ररीका अनुसार आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा मल्टीप्लक सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।