तारा एयरको विमान म्याग्दीको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भन्ने जंगलमा भेटिएको हो । विमान आगो लागेको अवस्थामा भेटिएको हो । विमानमा सवार सबैको २३ जनाको मृत्यू भएको बताईएको छ । पर्यटन मन्त्री आनन्द पोख्रेलले दुर्घटनाको पं्रकृति हेर्दा कोही पनि जिवित नभएको रिपोर्ट आएको बताएका छन । । दुर्घटना स्थल बेनि जोमसोम सडक खण्ड अन्र्तगत पर्ने रुप्से झरनाबाट चार–पाँच घण्टाको उकालोमा रहेको छ ।
पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको ९ एनएएचएच ट्वीनअटर विमान सम्पर्कविहीन बनेको थियो ।
उक्त विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए । विमानको कोपाइलट दिकेश नेमकुल र एअर होस्टेस रमा रावल छिन् ।
यसैगरी विमानमा थेन्जोङ गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल र विनिता भट्टचन सवार रहेका छन् ।
सम्पर्कबिहीन रहेको विमानमा बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन, मोतीबहादुर केसी र दुई नाम नखुलेका शिशु रहेका छन ।