मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको योग रहेको छ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । सामान हराउने वा चोरी हुने भयछ । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता सामाजिक सभा समारोहमा सरिक हुने सम्भावना छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तहरूको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता शुभकार्यको चर्चा चल्नेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ रोकिएको धन हाता पर्न सक्छ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । मनमा वैराग्यको भावना पलाउन सक्छ । व्यवसायमा मन्दी आउनेछ । सोमवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नयाँ कार्यको योजना र शुभ कार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा घरायसी काम धन्दाका लागि खट्नु पर्नेछ । परिवारमा मायामा कमी आउनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको सुरुमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । जीवन साथीसङ्ग राय बाजिनेछ । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।