सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतको २०७२ जेठ १० गतेको फैसलाले २ वर्ष कैद ३० लाख २५ हजार ५० रुपैया जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने ४२ बर्षीय गौतममान श्रेष्ठ र र सोहि मुद्धामा ३ वर्ष कैद ३० लाख २५ हजार ५० रुपैया जरिवाना ठहर भएका रौतहट जटहरा–२ घर भई काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३० बर्षीय अकेला मिया भन्ने अखलाखुर रहमानलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई आइतबार कलंकीबाट र रहमानलाई सोमबार स्वयम्भूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिकोमा अदालतको आदेशले कैद भुक्तानको लागि निजहरुलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ ।
वि.सं. २०२१ सालमा नापी सर्भे हुँदा जग्गाधनी बिनोद बहादुर श्रेष्ठ र मोही लाल बहादुर महर्जन उल्लेख भै जग्गा धनी दर्ता श्रेस्ता कायम भएको, मिति २०२४बैशाख २७ गतेको लिखतको आधारमा मान कुमारी बस्नेतको नाउँमा श्रेस्ता कायम भएको जग्गा मानकुमारीको मृत्यु पछि निजको नाती धर्मराजको हकभोगमा रहेको सिबिडोल गाविस– १ (क) को कि.नं.२७७ र २७८ को जग्गालाई बैना गरेको हुँ भन्ने कागज देखाई उनीहरुले जाहेरवाला श्यामलाल महर्जनको श्रीमती सविना र भाउजु चाँदनी महर्जनबाट ४।४ आना दिने शर्त गरी आठ÷आठ लाख र अर्का जाहेरवाला धन बहादुर महर्जनलाई ०–७–२–० जग्गा दिने गरी १४ लाख २५ पच्चिस हजार गरी जम्मा ३० लाख २५ हजार लिएका थिए ।
प्रतिवादी मध्येका रहमानले जग्गा पास गर्ने डोर अधिकृत तथा श्रेष्ठले मालपोत कार्यालयको कर्मचारी बनी झुठा कुरा गरी नक्कली जग्गा धनी प्रमाण पूर्जा बनाई दिई पीडितहरुबाट उल्लेखित रकम ठगी गरेका थिए ।
किर्ते तथा ठगी गर्ने मद्धाका फरार पक्राउ
किर्ते तथा ठगी गर्ने मद्धाका फरार पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु