जाजरकोट । जाजरकोट कुशे गाउँपालिका १ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको मृत्यु भएको छ । माछा मार्न गएका अन्य ६ जना घाइते भएका छन् । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका ९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको हो ।
रोकाया सोही पालिकाको मालटाकुरा माविका शिक्षक रहेको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् । बाढीमा परी कुशे ४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे १ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका हुन् । उनीहरुको उपचार भइरहेको छ ।