बारा । बारामा करेन्ट लागेर एक जनाको निधन भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ३ बजनि बस्ने नेवा पाख्रिनको छोरा १३ वर्षीय निराज पाख्रिनको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
सोही उपमहानगरपालिका ३ रामवनस्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिमरा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।