एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेलले आफू विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ वर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफू धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।
उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्- ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’
सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म ‘कहो ना प्यार है’बाट बलिउडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि ‘गदर’ र ‘गदर २’ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् । उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’को सिक्वेलको बारेमा पनि कुरा गरेकी थिइन् । साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्यो भने काम गर्ने बताएकी छन् ।