मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आगामी दिनलाई अझ सकारात्मक बनाउ सकिनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । शेयर बजारको लगानी पनि अर्थहीन हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता पुनर्मिलनको विशेष योग रहेको छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । सूचना, प्रविधि र वैदेशिक क्षेत्रको व्यवसाय फस्टाएर जानेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाइनेछ । बिमा क्षेत्र, कृषिकार्य, सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्छ । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । पूर्व योजित यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । साताको उत्तरार्धबाट सूचना र प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । बैङ्किङ क्षेत्रमा र साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ । कृषि कार्यका कमहरू सहजै सम्पन्न हुनेछन् । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा लामो समयदेखि रोकिएका अधुरा कार्यहरूको सुरुवात हुनेछन् । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । अध्ययन वा कामको सिलसिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ । कृषि र घरायसी कामहरू अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्ता शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्राविधिक, बिमा क्षेत्र र कृषिकार्यको व्यवसाय फस्टाएर जानेछ । सफल यात्रा पनि हुनेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । मन सम्हाल्न आवश्यक हुनेछ, जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता भ्रमणको योजनाहरू बन्नेछन् । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वैदेशिक कार्य पनि अघि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । समाजमा कीर्तिमानी काम गर्ने समय छ । कलकारखाना र बन्दव्यापारमा पनि पुनस् सुचारु हुने र आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ, तर शेयर बजारको लगानी अर्थहीन हुनसक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता नयाँ र शुभ कार्यको योजना बन्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्नेछन् । युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । राजनैतिक तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले मानसम्मान र इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । साताको उत्तरार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु होला । सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरूले दुःख दिन सक्छन् । मङ्गलबारबाट नयाँ जिम्मेवारी पाइएला । पुनर्मिलनको विशेष योग रहेको छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ । (अधिक जानकारीका लागि 977-9849559502 )
– ज्यो.प. नारायणप्रसाद दुलाल