नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञावलीले प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिने र अर्को सरकार आउने कुनै सम्भावना नरहेको दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ अहिले सरकार बदलिने कुनै सम्भावना छैन । बरु अरु पार्टी आएर सरकारलाई सहमतिको स्वरुप दिन सकिन्छ । यो सरकार संसदमा सुविधाजनक बहुमतमा छ त्यसैले ओलीजी बाहिरिएर अरु कोही आउने सम्भावना छैन । काग्रेस यही सरकारमा आएर राष्ट्रिय सहमतिको स्वरुप दिन तयार हुनु पर्छ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उपाध्यक्ष ज्ञावलीले सरकारमा नआए पनि सत्ता र प्रतिपक्षमा बस्दा पनि संविधानको कार्यान्वयन गर्न, मुलुकलाई समृद्ध बनाउन र मुलुकको समस्या समाधान गर्न दलहरु एक ठाँउमा आउनै पर्ने भन्दै त्यसकोलागि माध्यम सरकार बन्न सक्ने बताए ।
उनले संसारकै उत्कृष्ट मध्येको र सबैभन्दा बढी सभासदहरुको समर्थनमा बनेको संविधानले सबैलाई अधिकार दिएको दावी गर्दै संविधान जारी भएपछि मौलिक हक कसरी कार्यान्वयन गर्ने भन्ने चुनौति भने थपिएको धारणा राखे ।
उपाध्यक्ष ज्ञावलीले पूर्ण साम्यबाद र पूर्ण प्रजातन्त्र संसारमा कतै पनि सम्भव नभएको भन्दै संविधानमा केही विषयहरु बाँकी छन भने संबैधानिक प्रक्रियाबाट संबोधन गर्दै जान सकिने बताए ।
उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धि मुलक बनाउन ब्यापार तथा पारवहन , थप नाका खोल्ने, विप्पा लगायतका सम्झौता गर्न पार्टीले सुझाव दिएको उल्लेख गर्दै भारत र चीन दुबैसँग सम्बन्ध राम्रो बनाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । ज्ञावलीले भने,‘ दुबै मुलुकसँग राम्रो बराबरी, परस्पर लाभ र समानताको आधारमा सम्बन्ध बनाउनुपर्छ । यसैमा नेपालको हित छ ।’
तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले आफूहरुको माग संबोधन नभए चैत्र मसान्तपछि झनै कठोर र घनघोर आन्दोलनमा जाने चेतावनी दिदै त्यो आन्दोलन अहिलेको सरकारले थेग्नै नसक्ने दावी गरे ।
उनले भने,‘ आन्दोलनकारी थाकेका, हारेका होईनन । सरकार र जनताको आग्रह मानेर स्वरुप परिवर्तन गरेको मात्रै हो । यो समयमा पनि बार्ता र संबाद गर्ने क्रम अघि बढाईएन भने हामी अझै कडा आन्दोलनमा जान बाध्य हुन्छौ ।’
रायले मधेसी मोर्चालाई सरकार भन्दा पनि अधिकार महत्वपूर्ण भएकोले सरकारमा सहभागि हुने कुनै सम्भावना नरहेको भन्दै ११ बुँदे माग पुरा भए त्यस विषयमा छलफल गर्न सकिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा घाईतेको उपचार, आस्थाको आधारमा लगाईएको मुद्दा फिर्ता लिने र राजनीतिक संयन्त्रलाई पूर्णता दिने विषयमा गंभिरतापूर्वक छलफल भएको जानकारी दिदै उनले राजनीतिक संयन्त्रको टीओआर तयार भएर विश्वासिलो आधार तय भए मात्रै त्यसमा मोर्चा जान सक्ने स्पष्ट पारे ।
रायले प्रधानमन्त्रीको चीन भ्रमण अघि नै विज्ञप्ति निकालेर प्रधानमन्त्रीलाई सुझाव दिनेसहित आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिदै भने,‘ हामी भ्रमण रोक्दैनौ, आफ्नो सुझावसहित धारणा राख्छौ ।’
अोली को विकल्प छैन : उपादक्ष ज्ञवाली
अोली को विकल्प छैन : उपादक्ष ज्ञवाली
तपाईको प्रतिक्रिया