दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को इन्टर समिट आजबाट पोखरामा सुरु हुँदैछ ।
तीन दिन सम्म चल्ले विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सार्क राष्ट्रका विषयगत करिब ८० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन । सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तानबाट प्रतिनिधी आउने क्रम जारी रहेको छ ।
सार्कको ‘मिनी शिखर सम्मेलन’बैठक पाँचतारे पोखरा ग्रान्डमा सञ्चालन हुनेछ ।
बैठकमा सार्कमा सहसचिवस्तरीय प्रतिनिधीहरुको सहभागिता रहने छ भने अन्तिम दिन बिहिबार विदेशमन्त्री स्तरीय बैठक हुने बताइको छ ।
उक्त सम्मलेको तयारी पुरा भएको र सम्मेलनकालागि प्रतिनिधी आउने क्रम जारी रहेको छ ।