प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतवीचको सम्बन्धमा सहजता आएको विश्लेषण भईरहेको बेला यूरोपेली मुलुकको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदी औपचारिक रुपमा नेपालको संविधान प्रति असन्तुष्टी प्रकट गरेर सम्बन्धमा दरार कायमै रहेको स्पष्ट पारेका छन ।
बेल्जियमको ब्रसेल्समा आयोजित भारत–इयू शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधान बारे उल्ललेख गरिएको छ ।
संयुक्त वक्तव्यमा नेपालको संविधान बारे उल्लेख गर्दै ‘समयसीमा तोकेर बाँकी मुद्दा सम्वोधन गर्न’ सुझाव दिइएको छ ।
४१ बुँदे संयुक्त वक्तव्यको १७ औं नम्बर बुँदामा भनिएको छ, ‘दुवै पक्ष नेपालमा टिकाउ र समावेशी संवैधानिक व्यवस्थाको आवश्यकतामा सहमत भएका छन, जसले समयसीमाका आधारमा बाँकी संवैधानिक मुद्दाहरुलाई सम्वोधन गर्नेछ र राजनीतिक स्थायित्व तथा आर्थिक विकास प्रबर्द्धन गर्नेछ ।’
भारत र इयूको संयुक्त वक्तव्यमा नेपालको संविधानमाथि टिप्पणी
भारत र इयूको संयुक्त वक्तव्यमा नेपालको संविधानमाथि टिप्पणी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु