विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा नामिबियासँग भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।
१९६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउदै लक्ष्य भेटाएको थियो ।
शरद भेषवाकार र विनाेद भण्डारीकाे फराकिलाे साझेदारीले नेपाललाई जित सहज भएकाे हाे । उनीहरु ८४ रनकाे साझेदारी गरे ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ४० बलमा २१ रन, नरेश बुढायरले ३० बलमा १६ रन, पारस खड्का ३२ बलमा २१ रन र राजु रिजालले ११ बलमा ६ रन जोड्न सफल भए ।
यसअघि, टस जितेर ब्याटिङ रोजेको नामिबियाले नेपाललाई १९५ रन बनाएको थियो । नामिबियाले पुरै ओभरमा ९ विकेट गुमाउँदै १९५ रन जोड्न सफल भएको हो ।
नेपालका लागि बसन्त रेग्मीले ३ विकेट, सोमपाल कामी २ विकेट लिए भने पारस खड्का र सन्दिप लामिछानेले १÷१ विकेट लिएभने दुई रनआउट लिएका थिए ।
नेपाल ५ विकेटले विजयी
नेपाल ५ विकेटले विजयी

तपाईको प्रतिक्रिया