गत वर्षको महाभुकम्प पश्चात नेपाली माथी उठ्न स्वयंम अघि सरे। हाम्रो अवस्था राम्रो नभएकाले भुकप्प पश्चात नवनिमार्ण गर्न लाग्यौ। मित्र राष्टहरूले ठूलो धनराशीको सहयोग गर्ने घोषणा गरेता पनि हामी पुननिर्माण गर्ने कार्यमा असफल भयौ। हामीले समस्या समाधानका निम्ती तारे होटेलहरूमा बैठक बस्यौ।
वास्तविक तथ्याङ्क संकलन गर्नुपर्नेमा अनुमानको भरमा रिपोट तयार पार्यौ जसले समस्या समाधनमा होइन बढाउन ठुलो भुमीका खेल्न पुग्यो। मित्र राष्ट्रहरू बाट साढे चार खर्बको घोषणा भए पश्चात राजनितीक दलहरूले आखाँ लगाए, देश विकाशका निम्ती नभई आफुले कसरी उपयोग गर्न सकिन्छ भन्ने सोचका साथ जसको परिणाम स्वरूप भुकप्प पिडीतहरूले वितेका एक वर्ष देखी पाइरहेका छन भने अन्त्य कहिले हुन्छ थाहा पाउन सकेका छैनन्।
नँया संरचना निर्माण प्रक्रियामा अब नीतिगत एवम कार्यान्वयन तहमा समस्या देखा पर्न थालेको छ। स्थानिय सामाग्रीको उपलब्धता एवम कम खर्चिलो हिसाबमा भवन निर्माण गर्न सकिने कुरामा ध्यान दिएको पाइदैन। मुख्य कुरा आफन्त या कार्यकर्ता ठिक वा बेठिक भन्ने होइन कसरी परिणाम मुखि काम गर्न सकिन्छ भनेर सोच्नु आजको आवश्यक देखिन्छ।
भुकप्पले तहस नहस भएको संरचना निर्माणका निम्ती पुननिर्माण प्राधिकरणको गठन गरियो जसको अवधी पाँच वर्ष तोकिएको छ तर वितेको एक वर्ष केहि प्रगति गरेको देखिदैन। राजनितीक, प्रशासनिक र नागरिक तहमा सकारात्मक सोच ल्याउन सके पुननिर्माणले गति लिनेछ तर आजको परिस्थीतिमा एक अर्कालाई दोष दिने काम मात्र भइरहेको पाइन्छ। अहिलेको परिस्थीतीमा भुकप्प पिडीतका नाममा आएको रकम दुरूपयोग भएको जस्तो देखिन्छ। गत वर्ष देखी पालमा विताएका पिडीतहरू एक वर्ष पश्चात समेत त्यही पालको प्वाल तालेर बस्न बाध्य वनिरहेका छन।