काठमाडौं । निरन्तर ओरालो लाग्दे आएको सुनको मुल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
उता, चाँदीको मूल्य भने स्थिर छ । हिजो झै आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।