काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१५ अंकले घटेको छ । यससँगै सूचक २५८६.०८ विन्दुमा आएको छ । ३७ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको ५ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
१६ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो ।