काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि कार्यकारी निर्देशकसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगको सहमति र बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ अनुसार प्राधिकरणले २५ पदका लागि आवेदन खुला गरेको हो ।
प्राधिकरणले कार्यकारी निर्देशक १ जना, निर्देशक ४ जना र उपनिर्देशक ५ जना ९कानुनतर्फ २ जना० का लागि कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिने जनाएको छ । यस्तै, आन्तरिक प्रतियोगिताका माध्यमबाट उपनिर्देशकमा १ जनाको बढुवा गरिनेछ ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट सहायक निर्देशक ५ जना, सहायक निर्देशक ९कानुन० ५ जना र सहायक प्रथम ४ जना पदपूर्तिका लागि पनि आवेदन माग गरिएको छ ।
दरखास्त पेस गर्ने म्याद र उमेर सीमा
इच्छुक उम्मेदवारले माघ १८ गतेभित्र ललितपुरको कुपण्डोलस्थित बीमा प्राधिकरणको मानव संशोधन विभागमा आवेदन पेस गर्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
अधिकृत तृतीय श्रेणीका लागि उमेर सीमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, सहायक प्रथमका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाहरूका लागि उमेर सीमा ४० वर्ष तोकिएको छ ।
बीमा प्राधिकरणमा कार्यरत कर्मचारीका लागि उमेरको हद लागू हुने छैन । योग्य उम्मेदवारहरूले यस अवसरको लाभ उठाउँदै आवेदन दिने अपेक्षा गरिएको छ । विस्तृत जानकारीका लागि बीमा प्राधिकरणको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।