नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् ।
निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको हो ।
बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टाउनु पर्छ । गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शिर्षकमा ९० करोड छुट्टाएको छ ।
निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्ता गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ । आजको कारोबार दैनिकमा खबर छ ।