मुम्बई । बलिउड स्टार रणबीर कपूर आगामी केही वर्षका लागि पुरै व्यस्त रहेका छन । यस बर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाइ देखिने पक्का जस्तै छ ।
अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ र नितेश तिवारीको ‘रामायण’ को लागि शूटिंगमा ब्यस्त रहेका छन । दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने तालिका तय भइसकेको छ।
यसैबिच, यशराज फिल्म्सको बहुप्रतिक्षित धूमः४ मा रणवीर कपुर अनुबन्धित भएका छन । जुन फिल्म एक दशक भन्दा बढी अघि देखी आधिकारिक रूपमा घोषणा गरिएको थियो तर केही कारणहरूले गर्दा सुटिङ सुरू हुन सकेको थिएन । तर, अहिले यशराज फिल्मसले धुमः४ का लागि प्रकिया सुरू गरेको छ, जो अर्को बर्ष देखी सुटिङ सुरू हुनेछ ।
इन्डिया टुडेका अनुसार धुमः ४ अब अप्रिल २०२६ देखी छायांकनमा जानेछ । सो कम्पनिले सो फिल्मका लागि २ जना नायिक र एक भिलेन खोजिरहेको छ । समाचार अनुसार सो फिल्मको भिलेनको भूमिकामा साउथ फिल्मका कलाकारलाइ लिइने भएको छ । जसका कारण, अभिषेक बच्चनलगायतका कलाकार नदोहोरिने सम्भावना बढेको छ ।
रणवीरले धूमः ४ सुरु गर्नुअघि ‘लभ एण्ड वार’ र ‘रामायण’ का दुवै भागको सुटिङ पुरा गर्नेछन् किनभने धुमः४ मा उनको अन्य चलचित्रहरू भन्दा फरक लुक हुनु आवश्यक रहेको जनाइएको छ । चाखलाग्दो कुरा के छ भने धुमः४ फ्रेन्चाइजका अघिल्लो फिल्महरूमा हिरोको भुमिका नकारात्मक थियो तर पछिल्लो रिपोर्ट अनुसार रणवीरको धुमः४ को चरित्र बिल्कुलै फरक हुने बताइएको छ ।
समाचार अनुसार धुमः ४ पछि अभिनेता कपुरले एनिमल पार्क सुरु गर्नेछन्, जुन निर्देशक सन्दीप रेड्डी वांगासँग मेगा ब्लकबस्टर एनिमलको सिक्वेलको रूपमा निर्माण हुदैँछ ।