काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आयात हुने पेट्रोलमा २.२४ रुपैयाँ र डिजेलमा ३.५५ रुपैयाँ मूल्य बढेर आएको छ । भारतबाट मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।
नयाँ मूल्य बुधबार रातिदेखि लागू भएको छ । यससँगै पेट्रोल र डिजेलको मूल्य वृद्धि उपभोक्ताका लागि थप आर्थिक भार बन्ने देखिएको छ ।