अदालतको अवहेलना सम्बन्धीमुद्दामा सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई जवाफ दिन बोलाएको छ ।
कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले त्यस्तो आदेश दिएको हो ।
दाहाल विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर गरेका थिए । द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी अदालतको मानहानी गरेको दावीसहित रिट दायर गरिएको थियो ।
गत भदौ ५ गते प्रचण्डले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्कीे ’अदालतको जात के हो ?’ भनि प्रश्न गरेका थिए ।
दाहालको अभिव्यक्तिबाट सर्वोच्च अदालतको मर्यादामाथि गम्भीर आघात पुगेको र त्यसबाट अदालतको अवहेलना भएको निवेदनमा जिकिर गरिएको छ ।