काठमाडौँ । काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा पूजा महतोले नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेकी छन् ।
उपाधि यात्राबाट बाहिरिसकेको नेपालका लागि पूजाले ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी हुन् । योसँगै त्रिवि त्रिकेट मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने उनी पहिलो महिला खेलाडी बनेकी छन् ।